सीप र सम्मानसहितको आप्रवासन उत्पादनशील लगानीमा विप्रेषण
सीप र सम्मानसहितको आप्रवासन उत्पादनशील लगानीमा विप्रेषण
मुलुकका लागि गत आर्थिक वर्ष समग्रमा निराशाजनक देखिंदा रेमिट्यान्स प्राप्तिमा गने कीर्तिमान कायम भयो । विदेशिएका श्रमिकले पठाएको रकम हालसम्मकै बढी अर्थात् १२ खर्ब २० अर्ब ५५ करोड २५ लाख रुपैयाँ पुग्यो । यद्यपि, कामको खोजीमा ७ लाख ७४ हजार ९७६ जना बिदेसिंदा यसमा पनि अर्को कीर्तिमान बन्यो । नेपालमा उत्पादनशील रोजगारी नपाएर बिदेसिनुपर्ने वाध्यता र विदेशी मुद्रा आर्जन गरेर स्वदेश पठाउने अवस्थाबीच देशको अर्थतन्त्र चलिरहेको छ ।
श्रम शक्तिका लागि आप्रवासन संसारभर आकर्षक विकल्प हो। तर, आन्तरिक रोजगारी सिर्जना गर्न नसक्दा हाम्रा लागि आप्रवासन विकल्प होइन, वाध्यता बनिरहेको छ । कुल जनसंख्याको ८ प्रतिशत नागरिक अहिले वैदेशिक रोजगारीमा छन् । घर-परिवारका हिसाबले ५० प्रतिशत परिवारका कोही न कोही वैदेशिक रोजगारीमा छन् । अन्तर्राष्ट्रिय श्रम बजारमा चाहिने सीपयुक्त जनशक्तिको उत्पादन, मर्यादित रोजगारीमा आबद्ध भएपछि उचित आम्दानी दिलाउन र जोखिम न्यूनीकरण गराउन गन्तव्य मुलुकसँग नेपालको कूटनीति कमजोर देखिन्छ । त्यसले श्रमिकलाई मानवीय सम्मान र देशलाई थप आर्थिक लाभ हुने अवसर पनि गुमिरहेको छ । श्रमिकका मुद्दा सम्बोधन गर्दै रेमिट्यान्सको आकार बढाइारुन जरुरी छ भने स्वदेशमै रोजगारी सिर्जना गर्न सार्थक पहल पनि अपरिहार्य छ । देशमा उत्पादनशीलता बढेमा मात्र रोजगारी सिर्जना हुनुका साथै रेमिट्यान्सबाट प्राप्त रकम पनि स्वदेशमै सञ्चित गर्न सम्भव हुनेछ ।
आन्तरिक रोजगारी सिर्जना, सीप र सम्मानसहितको आप्रवासन, अधिक रेमिट्यान्स प्राप्ति र त्यसको उत्पादनशील उपयोगका विषयमा बहस गर्न