image

आखिर भै खाक त्यसै बिलाएँ (महाकवि लक्ष्मी प्रसाद देवकोटा)

Shram Online 13 Jan 2024

संसार रुपी सुख स्वगभित्र, रमें रमाएँ लिइ भित्र चित्र | सारा भयो त्यो मरुभूमि तुल्य, रातै परेझैं अब बुझ्छु बल्ल । रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखीर श्रीकृष्ण रहेछ एक, न भक्ति भो, ज्ञान, नभो विवेक । महामरुमा कणझैं म तातो, जलेर मर्दो बिनु आश लाटो । सुकी रहेको तरुझैं छु खाली, चिताग्नि तापी जल डाल्न फाली । संस्कार आफ्नो सब नै गुमाएँ, म शून्यमा शून्य सरी बिलाएँ । जन्मेँ म यो स्वर्गविषे पलाएँ, आखीर भै खाक त्यसै बिलाएँ । महाकवि लक्ष्मी प्रसाद देवकोटा मृत्यु भन्दा अगाडिको अन्तिम कविता ।